काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र दुसित थानी हिमालयन रिसोर्ट बीच बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै सो छुट मिल्ने भएको हो ।
सम्झौतापश्चात्, रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेलनेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ।
हालै बैंकले पोखरास्थित टिका रिसोर्टमा ३० प्रतिशत र अतिथि रिसोर्टमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, बैंकले खोटाङस्थित जाम्बाला रिसोर्टमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया