एन्जेलिना जोली र ब्राड पिटको आठ वर्षपछि टुंगियो सम्बन्धविच्छेद मुद्दा

लोकपथ
70
Shares

वासिङ्टन डिसी । हलिउड स्टार्स एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेदको मुद्दा टुंगिएको छ । बीबीसीका अनुसार आठ वर्षपछि यी दुईले सम्बन्ध विच्छेदको मुद्दा सल्ट्याएका हुन् ।  जोलीले  सन् २०१६ मा सम्बन्धविच्छेदको लागि याचिका दायर गरेकी थिइन् । 

सन् २०२१ मा एक जना न्यायाधीशले दुबैलाई सन्तानको ‘संयुक्त कष्टडी’ दिएका थिए । सन् २००५ मा मिष्टर एन्ड मिसेज स्मिथको सेटमा भेट भएपछि दुवैबिच प्रेम सम्बन्ध सुरु भएको थियो । यस जोडीले लामो रिलेसनपछि सन् २०१४ मा बिहे गरेका थिए । यो पिटको दोस्रो र जोलीको तेस्रो बिहे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?