२९ महिनामा दीपलका चार लाख कार बिक्री, नेपालमा एल०७ र एस०७ उपलब्ध

लोकपथ
336
Shares

काठमाडौं । चिनियाँ कम्पनी चांगन अटोमोबाइल्सले २९ महिनाको अवधिमा चार लाख युनिट कार बिक्री गरेको बताएको छ । चांगन अटोमोबाइल्सले २९ महिनामा चार लाख युनिट दीपल कार बिक्री गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

गत अक्टोबरमा तीन लाख गाडी बिक्री गरेको कम्पनीले डिसेम्बर ३० सम्ममा चार लाख गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो । यसले दुई महिनामै थप एक लाख गाडी बिक्री गरेको देखाएको छ ।

सन् २०२२ मा एसएल ०३ सेडानबाट विद्युतीय गाडी (ईभी) बिक्री थालेको दीपलले २०२३ को सेप्टेम्बरसम्म एक लाख गाडी बिक्री गरेको थियो ।

सन् २०२२ मा एसएल ०३ सेडान बिक्रीबाट यात्रा प्रारम्भ गरेको दिपलले सन् २०२३ सेप्टेम्बरमा यो लक्ष्य हासिल गरेको थियो । कम्पनीको दोस्रो मोडलको रुपमा एस ७ एसयूभी लन्च गरेपश्चात ३५ दिन भित्रमा १० हजार एस७ एसयूभी बिक्री भएका थिए । हाल दिपलसँग एसएल०३, एस०७ (पहिलेको एस७), जी३१८, एल०७ र एस०५ गरी पाँच मोडल उपलब्ध छन् ।

दीपलले सन् २०२५ मा कम्तीमा पाँच लाख गाडी बिक्रीको लक्ष्य राखेको छ । जसमा चार लाख स्थानीय बजारमा र एक लाख विदेशमा बिक्री गर्ने लक्ष्य कम्पनीको छ ।

सन् २०२५ मा दिपल ब्रान्डले विश्वका ८१ देशमा उपस्थिती जनाउने छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारको रुपमा दिपल थाइल्यान्डको बजारमा प्रवेश गरेको थियो । थाइल्यान्डमा नयाँ प्लान्ट पनि निर्माण भइरहेको छ र यो २०२५ मै सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

दिपल ब्रान्ड नेपाली बजारमा पनि उपलब्ध छ । दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प हो । नेपालमा दिपलका एल०७ र एस०७ उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?