निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ : अध्यक्ष ढकाल

लोकपथ
49
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् ।  

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए ।

उनले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिन सक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?