रवि लामिछानेसहित ७ जनाको पहिलो दिनको थुनछेक बहस सकियो

लोकपथ
1.7k
Shares

पोखरा । पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितको पहिलो दिनको थुनछेक बहस सकिएको छ । मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेसहित ७ जनाको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतले जनाएको छ।

पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरेका छन्।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?