काठमाडौं । नेपाल आयल निगमले आज मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
गम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाएको हो ।
बैठकले हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटरको १६३, सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्दा सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया