ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकमाथि बस पल्टिँदा…

लोकपथ
854
Shares

सर्लाही । सर्लाहीमा यात्रुबाहक बस मंगलबार राति पौने ९ बजे अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको छ ।

बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि बा ०१–००६ ख २००४ नम्बरको राजदेवी बसले थिच्दा गम्भीर घाइते भएका सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?