संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिम्खडा चयन

लोकपथ
189
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन्  । मंगलबार काठमाडौंमा भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।

यस्तै महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन्  ।  जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आबद्ध छन् । हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् ।

जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिम्खडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतिको रूपमा लिएको बताए । उनले नेपालको ट्रेड युनियन आन्दोलन अप्ठ्यारो अवस्थामा रहेको बताए ।

उनले संविधानमा श्रमिक विषयलाई सम्बोधन भए पनि श्रमिकको हितमा कानुनहरू बन्न नसकेको बताए । अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?