काठमाडौं । १२औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘
नेपाली टोपी लगाऔँः पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२औँ नेपाली टोपी दिवस मनाइएको हो ।
दौरा शुरुवाल, टोपी र गुन्युचोलीलाई तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनीहरुले ‘नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ’, ‘हाम्रो राष्ट्रिय पहिचान खै ?’, ‘विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ,’ ‘सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया