परीक्षा बिग्रेको भन्दै इन्जिनियरिङका तीन छात्राले जंगलमा गई विष पिए, एकको मृत्यु, दुईको अवस्था गम्भीर

लोकपथ
917
Shares

काठमाडौं । महोत्तरीको बर्दिबासमा सँगै विष सेवन गरेका तीन छात्रामध्ये एक जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन् । यस्तै, महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीया उषा पण्डित र सिराहा धनगढी नपगरपालिका–११ घर भएकी १९ वर्षीया सञ्जु यादवको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । महोत्तरी प्रहरीका अनुसार, उनीहरु तीनै जनालाई विष सेवन गरेको अवस्थामा माइस्थान जंगलमा अचेत अवस्थामा भेटिएको थियो ।

उनीहरू बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी हुन् । परीक्षा बिग्रेको भनेर उनीहरूले जंगलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार गराइरहेका दुई जनाको अवस्था सुधार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?