८ लाख रुपैयाँ बढीको  लत्ताकपडा बरामद

लोकपथ
210
Shares

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई राखेको ८ लाख रुपैयाँ बढीको  लत्ताकपडा प्रहरीले बरामद गरेको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–७ कुम्हाल टोलबाट आज अवैध गोदाममा छापा मारेर करिब ८ लाख २८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो  ।

सोही ठाउँ बस्ने सूर्यनारायण चौधरीको तीन तल्ले घरको विभिन्न कोठाहरुमा लुकाई छिपाई राखेको तन्ना , झुल , स्विटर , कुर्ता , पर्दा लगायतको  लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले बरामद गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

डिएसपी थापाका अनुसार बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको  हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?