बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल

लोकपथ
42
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गरेको भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरू ल्याउन सकिने सम्भावनाहरू रहेको बताए ।

उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रस्तावहरू चीनसँग लैजानुपर्ने बताए । उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताए ।

यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरूको कुरा मात्रै भएको बताए । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरू बनाएर अघि बढ्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?