पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्दै, के हो उद्देश्य ?

श्रम रोजगारको क्षेत्रमा आएको  संकुचन सुधार हुने विश्वास 

लोकपथ
21
Shares

काठमाडौं । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ ।  बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरूको विश्लेषण गरी अगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्य योजना उपर पृष्ठपोषण लिनेछ । अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ ।

उनले श्रम बजारका लागि उद्योग र प्रतिष्ठानको भूमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताए । 

उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानी न्यून हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए । समग्र कृषि र उद्योगमा लगानी प्रवर्द्धन, उत्पादन न्यून हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनको भनाइ छ । उनले श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?