काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकताका लागि अन्तिम चरणमा पुगेको छ ।
पार्टी एकताको छलफलका लागि राष्ट्रिय एकता अभियानका लागि संयोजक वामदेव गौतम आज एकीकृत समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका थिए । छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरुले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले आफू एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने कामका लागि अन्तिम छलफलमा रहेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेता बनाउने तयारी भए पनि अन्य नेताहरुको जिम्मेवारीका विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया