विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह 

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसद्मा विचाराधिन विधेयकहरूलाई संसद्को आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो । 

समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारण पार्टीका सांसदहरूसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए । उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए ।

उनले समितिहरूमा १५ वटा विधेयकहरू विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसद्को हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्‍याउन सांसदहरूलाई आग्रह गरिएको बताए । सांसदहरूले समितिमा विचाराधिन विधेयकहरू टुंगोमा पुर्‍याउन तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?