स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा  प्रयोगकर्ताहरूले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

विगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज (SCT) ले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो । 

यस सेवा मार्फत बैंक वित्तीय संस्था लगायत रेमिटेन्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठुला कर्पोरेटहरूले आफ्ना सेवाग्राहीले नेपालभरिका जुनसुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात  पश्चात् एभरेष्ट बैंक लिमिटेड मार्फत प्राप्त हुने  भुक्तानी रकम बैंकखातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने बैंकले विश्वास राखेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?