पाँच सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
182
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँ तोकिएको हो ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?