काठमाडौं । ग्लोबल आईएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरेको छ । यो योजना पुुस १८ गतेदेखि पुस २४ गते बुधबारसम्म रहने बैंकले जनाएको छ ।
बिहीबारदेखि ग्लोबल आर्ईएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् ।
साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ । ग्राहकहरुले दराजबाट न्यूनतम् १ हजार ८ सय रुपैयाँको खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, १ हजार ८ सय रुपैयाँसम्ममात्र छुट पाउनेछन् ।
बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुटेको अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया