सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष 

लोकपथ
28
Shares

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको  सबैभन्दा गर्मी वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।

चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जन हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ का लागि औसत राष्ट्रिय तापक्रम १०.९२ डिग्री सेल्सियस (५१.६६ फरेनहाइट) औसतभन्दा १.०३ डिग्री बढी थियो । यो सन् १९६१ मा पूर्ण रेकर्ड सुरु भएपछिको सबैभन्दा तातो वर्ष भएको चीन मौसम विज्ञान प्रशासनले बुधबार राति आफ्नो समाचार साइटमा बताएको छ । 

संयुक्त राष्ट्रसंघले सोमबार वर्षको अन्त्यमा दिएको सन्देशमा सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष हुने बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?