ललिता निवासदेखि गिरिबन्धुसम्मका सबै फाइल खोलौँ : गगन थापा

लोकपथ
553
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले भ्रष्टाचारका फाइल खोल्छु भन्ने मात्रै कुराले आजित भएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

त्यस्तै उनले विभिन्न व्यक्तिहरुको सम्पत्तिको छानबिनका लागि आयोग नै बनाएर अघि बढ्नुपर्ने बताए ।

‘भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ,’ थापाले भने ।

थापाले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?