काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो ।
भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया