काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्देश्वरी शाहको निधन भएको छ । शाहको बिहीवार बिहान कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.स.१९८९ फागुनमा जन्मिएकी शाह चर्चित बैंकर तथा रास्वपाका नेता अनिलकेशरी शाहकी माता हुन् ।
तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहले सन् १९८८ मा उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।
राजदूतका रूपमा नियुक्ति पाउने उनी पहिलो नेपाली महिला हुन् । नेपालमा २०४६ सालको जनआन्दोलनका बेला उनी भारतका लागि नेपाली राजदूत थिइन् । सन् १९९१ मा भारतबाट फर्केपछि शाहले परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवको जिम्मेवारी सम्हालेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया