नेपालगन्जमा फोटोनको माउन्टेन ईभी भ्यान सार्वजनिक, फोटोपन सोरुम र सर्भिस सेन्टर पनि सञ्चालनमा 

लोकपथ
140
Shares

नेपालगन्ज । फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ। ५३.५८ किलोवाट ब्याट्री क्षमताको यो भ्यानले ३०० किमीसम्मको यात्रा तय गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । 

१३० किलोवाट क्षमता र ३३० एनएमको अधिकतम टर्क इन्जिन भएको यो ईभी भिरालो बाटाहरूमा पनि सजिलैसँग यात्रा गर्ने गरी बनाइएको छ।

फोटोपन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । ग्राहकहरूले माउन्टेन ईभी भ्यानको प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

फोटोनले विशेष गरी नेपालको चुनौतीपूर्ण भूभागका लागि डिजाइन गरिएको सो माउन्टेन ईभी भ्यान सार्वजनिकसँगै यसको सुर्खेतरोड मिलननगरमा नयाँ सोरुम पनि सञ्चालनमा ल्याएको छ । सोरुमको एमएडब्लु वृद्धि ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि सञ्चालित फोटोपन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो।

माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कुल यातायात, सरकारी फ्लीट र कर्मचारी सटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ। १४–१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्दछ।

एमएडब्लू वृद्धिका एमडी विवेक सिकरियाले देशको विविध र चुनौतीपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोपन माउन्टेन ईभी भ्यान नेपालीहरूको यात्रा गर्ने शैलीलाई रूपान्तरण गर्न तयार रहेको बताए । 

एमएडब्लू वृद्धि ग्रुपका सीईओ तुषार गुप्ताले फोटोनको बलियो विरासतलाई सम्झँदै चीनमा १९ वर्षदेखि बजारको नेतृत्व गर्दै भारत र दक्षिण अमेरिकामा उल्लेखनीय उपस्थिति जनाइसकेको फोटोपन बेजोड ईभी विशेषज्ञता सहित नेपालमा उपस्थित भएको बताए । 

माउन्टेन ईभी भ्यानका मुख्य विशेषताहरू

-अटो होल्ड नियन्त्रण

-स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण

-दुई ड्राइभिङ मोडहरू

-टिकाउ टायर

असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्च स्तरका विशेषताहरूका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्दैछ। यो सुरुवातले देशको यातायात क्षेत्रमा हरित भविष्यको लागि मार्ग प्रशस्त गर्दै स्थिरता र नवीनता प्रतिको फोटोनको समर्पणलाई प्रतिबिम्बित गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?