आईसीएफसी फाइनान्सले पायो ३० करोड बराबरको ऋणपत्र निष्कासन स्वीकृति

लोकपथ
63
Shares

काठमाडौं । आईसीएफसी फाइनान्सले नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट  ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ। अब स्वीकृति पाएसँगै कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जनाएको छ। 

ऋणपत्र निष्कासनका लागि कुल कित्तामध्ये एक लाख २० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिने र एक लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जनाएको छ। 

आगामी सात वर्षसम्म वार्षिक नौ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?