माओवादी केन्द्रको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी

लोकपथ
147
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिस डाँडामा जारी बैठकमा आगामी केन्द्रीय कमिटी बैठकमा एजेण्डाबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रले आगामी पुस २१ गतेबाट केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न बोलाइएको बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ समेत उपस्थित रहेका छन् ।

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै केही समय निष्क्रिय रहेका पुन पछिल्ला दिनहरुमा भने राजनीतिमा सक्रिय बनेका छन् ।

पुनः माओवादीको राजनीतिमा फर्किने तयारी गरिरहेका पुनले पछिल्ला दिनहरुमा माओवादी केन्द्रका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका थिए ।

आजको बैठकमा नै उनको सहभागितापछि भने उनी पुनः राजनीति सक्रिय हुने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?