काठमाडौं । इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको भएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उनका सहायक हुसाम शाहवान पनि रहेका छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिएका थिए ।
हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया