नेप्सेमा सामान्य सुधार, ४.६३ विन्दुले बढेको बजारमा चार अर्ब ६० करोडको कारोबार

लोकपथ
35
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बिहीबार सामान्य सुधार भएको शेयर बजार परिसूचक नेप्से ४.६३ विन्दुले बढेर २५८५.२३ अंकमा आएको हो ।

अघिल्लो कारोबार दिन बुधबार ५.१० अंकले बढेको बजार आज ४.६३ अंकले बढेर २५५८६.२३ विन्दुमा आइपुगेको हो।

बजारमा सामान्य सुधार हुँदा चार अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त भएको छ ।

यस दिन कारोबारमा आएका १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन चार कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।

आठ वटा समूहका सूचक सकारात्मक देखिएको यस दिन विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

बिहीवार तीन सय १५ कम्पनीको एक करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स अगाडी छ । यस कम्पनीले ४६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेको छ । यसैगरी, दोस्रोमा न्यादी हाइड्रोपावर कम्पीले बढी कारोबार गर्दा तेस्रो स्थानमा हिमालयन डिष्टिलरी कम्पनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?