काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले खरिद नगरेपछि सो शेयर बिक्री खुला गरिएको हो ।
उक्त संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस १८ गतेदेखि ७ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा शेयर खरिदसम्बन्धि आवदेन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया