स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ४४ जना प्रतिवादी, प्रहरीले बुझायो प्रतिवेदन

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले अनुसन्धान सकेर रवि लामिछानेसहित स्वर्णलक्ष्मीको रकम अपचलनमा ४४ जना प्रतिवादी बनाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

प्रहरीका अनुसार उक्त अनुसन्धान प्रतिवेदनमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो मागदाबी लिन समेत सरकारी वकिललाई राय दिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा ५ जना थुनामा रहेका छन् भने रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलाल जोशी हिरासतमा रहेका छन् ।

त्यस्तै प्रहरीले अन्य प्रतिवादीहरुको नाम उल्लेख गरेर रायसहितको प्रतिवेदन बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?