सामाजिक सञ्जालमा भाइरल गराउने होडले सचिन परियारको ज्यान गयो : प्रधानमन्त्री ओली

लोकपथ
777
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले पारिवारिक बेमेल र सामाजिक सञ्जालमा भाइरल गराउने प्रवृत्तिले सचिनलाई मृत्युको मुखमा पुर्याएको समेत बताए ।

त्यस्तै सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिकृया दिनुपर्छ भन्ने पाठ सचिनको मृत्युले सिकाएको बताए ।

‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

केही समयदेखि अस्वस्थ सचिनको आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । उनी पछिल्लो समय लोकप्रीय बाल गायक थिए ।

पारिवारिक बेमेल र सामाजिक सञ्जालमा भाइरल बनाउने नाममा उनको जीवन नै अस्तव्यस्त बनाइएको भन्दै उनको परिवार र सम्बन्धित पक्षको चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?