‘गरिमा समृद्धि योजना’ का इकाईहरु बाँडफाँड

लोकपथ
84
Shares

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचूअल फन्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाका इकाईहरु बाँडफाँड भएको छ ।

कम्पनीले बीज पुँजीसहित अंकित मूल्य १०दरका १० करोड इकाईहरु पुस ७ गतेदेखि पुस ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरुमार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन परेकाले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ,

आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि पुस १८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडमा इकाई बाँडफाँड गरी बीज पुँजीसहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई कायम गरिएको गरिमा क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?