निमको चमत्कारी फाइदा

लोकपथ
147
Shares

काठमाडौं । निम स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरिसकेको छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निम पानीमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियालगायत धेरै त्यस्ता पोषक तत्त्व हुन्छन्, जसले धेरै रोगहरूबाट मानिसलाई बचाउँछन् ।  

 निमको काँडा वा यसको पानी पिउनुस्  : निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्त्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यदि गम्भीर रोगहरूबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुहोस् ।

दातका लागि लाभदायक : निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ । यसले दाँत र गिजासँग जोडिएका समस्या समाधान गर्छ । यसमा  एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ, जसले दाँतमा भएको  ब्याक्टेरिया सफा गर्छ । ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि हराउँछ। दाँत सँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ ।

छाला र कपालका लागि फाइदाजनक: छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डन्डिफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरूबाट पनि निम पानी सेवनले राहत दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?