ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंक बन्नेछ : अध्यक्ष ढकाल

लोकपथ
105
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको हो ।

१८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे ।

कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुसीको कुरा भएको बताए । नेपालमा गरेपछि सबै सम्भव हुने कुरा आफ्नो जीवनीबाट लिन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?