काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूले जथाभाबी गतिविधि गर्न थाले प्राप्त अधिकारहरू पनि गुम्ने खतरा रहेको बताए । उनले कांग्रेस जिम्मेवार पार्टी भएकाले कार्यकर्ताहरूले पनि सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
उनले आर्थिक सम्पन्नताको अभियानमा नागरिकलाई अधिकार दिलाउन कांग्रेस एक भएर लाग्नुपर्ने उनको भनाइ छ । उनले राजनीतिक साथै आर्थिक सुधारको नेतृत्व पनि कांग्रेसले लिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया