बुढानिलकण्ठमा विद्यादेवीसँग ओलीको २ घण्टा बढी भेटघाट, के भयो कुराकानी ?

लोकपथ
378
Shares
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।

पछिल्ला दिनहरुमा भण्डारी पुनः नेकपा एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ । यसैबीच प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । २ कार्यकाल गरी ७ वर्ष राष्ट्रपति बनिसकेकी भण्डारी पछिल्ला दिनहरुमा राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । एमालेका कतिपय पदाधिकारीहरु नै भण्डारीलाई राजनीतिमा सक्रिय गराउन लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?