काठमाडौं । बझाङमा बिहीबार राति भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित जिपमा सवार चार जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी, धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिं ठगुन्नाले जानकारी दिए ।
दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालकसहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया