काठमाडौं । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८म्याग्निच्युडको भूकम्प गएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया