प्रतितोला एक लाख ५३ हजार पाँच सय पुग्यो सुन

लोकपथ
77
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । शुक्रबार सुन प्रतितोला दुई हजारले बढेर एक लाख ५३ हजार पाँच सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?