काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र उपराष्ट्रपति क्रमशः विद्यादेवी भण्डारी र नन्दबहादुर पुनः ‘पासाङ’ दुई–दुई पटक देशको सर्वोच्च पदमा पुग्ने मौका पाए । दुवैको कम्युनिस्ट पृष्ठभूमि । भण्डारी एमाले राजनीतिबाट देशको सर्वोच्च संवैधानिक पद राष्ट्रपति बनिन् भने माओवादीबाट पुन दोस्रो ठूलो संवैधानिक पद उपराष्ट्रपति बन्ने मौका पाए ।
नयाँ संविधान बनेपछि भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति बनेकी थिइन् । उनी नेपालको पहिलो महिला राष्ट्रपतिसमेत हुन् । त्यस्तै दोस्रो पटक भने उनी २०७४ साल फागुन २९ गते दोस्रो पटक राष्ट्रपति बनिन् भने संविधानले २ पटक राष्ट्रपति बन्न पाउने अवधि पूरा गरेर उनी २०७९ साल फागुन २९ गते शीतल निवासबाट बिदा भइन् । अर्थात् ५३ वर्षको उमेरमा देशको सर्वोच्च पदमा पुगेकी भण्डारी ७ वर्ष शीतल निवासमा बिताएर ६० वर्षको उमेरमा सर्वसाधारण जस्तै आम नागरिक जीवनमा फर्किइन् ।
यता पूर्व जनमुक्ति सेनाका कमान्डरसमेत रहेका पुन पनि ७ वर्ष नै उपराष्ट्रपति बने । पहिलो पटक २०७२ साल कात्तिक ११ गते उपराष्ट्रपतिका रूपमा निर्वाचित पुन दुई कार्यकाल उपराष्ट्रपतिका रूपमा रहे । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेका पुन दोस्रो कार्यकालका लागि ०७४ साल चैत ४ गते उपराष्ट्रपति निर्वाचित भएका थिए । त्यस्तै उनी २०७९ साल चैत ४ गते उपराष्ट्रपतिबाट बिदा भएका थिए ।
संयोग नै मान्नुपर्छ दुवै पटक नेकपा एमाले र माओवादी केन्द्रले भण्डारी र पुनलाई सर्वोच्च पदमा पुर्याएका थिए । राष्ट्रपति हुनुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन् भने नन्दबहादुर स्थायी कमिटी सदस्य रहेका थिए । पार्टीको जिम्मेवार पदमा रहेर काम गरिरहेका दुवै राष्ट्रपति र उपराष्ट्रपति बने । संयोग नै मान्नुपर्छ भण्डारी र पुन ७ वर्ष सँगै राष्ट्रपति र उपराष्ट्रपति बन्ने मौका पाए ।
अर्को गज्जबको संयोग के छ भने पदबाट सँगसँगै बिदा भएसँगै दुवै जना एकै पटक आ–आफ्नो पूर्व पार्टीमा सक्रिय बने । शीतल निवासबाट आफ्नो निजी निवास चपली पुगेकी भण्डारी र लैनचौरस्थित हरित गृह भवनबाट आफ्नो निजी निवास दहचोक पुगेका उपराष्ट्रपति पुनको सक्रियता एकै पटक हुन पुग्यो ।
सर्वोच्च पदबाट बिदा भएका दुवै जनाले आफूलाई पूर्व पार्टीमा फर्काउने लबिङ गरिरहेका छन् । विभिन्न संयोग रहेको भण्डारी र पुनसँग जोडिएको अर्को संयोग बिहीबारको भेटघाट र पार्टीको बैठकमा सहभागिता बन्यो ।
सर्वोच्च पदबाट बिदा भएका दुवै जनाले आफूलाई पूर्व पार्टीमा फर्काउने लबिङ गरिरहेका छन् । विभिन्न संयोग रहेको भण्डारी र पुनसँग जोडिएको अर्को संयोग बिहीबारको भेटघाट र पार्टीको बैठकमा सहभागिता बन्यो ।
भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको थियो । उनले भित्री रूपमा एमालेका नेताहरूसँग भेटघाटलाई तीव्रता दिइरहेकी थिइन् । यसैबीच एमालेका केही पदाधिकारीहरू नै भण्डारीलाई राजनीतिमा ल्याउन सक्रिय बनिरहेको थियो । पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको चरम महत्वकांक्षाकाबीच भण्डारीलाई सक्रिय बनाएर राजनीतिक सन्तुलन मिलाउन नेताहरू लागिरहेका थिए । तर बिहीबार एकाएक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको निवास चपली पुगेर भण्डारीलाई भेटे । २ घण्टा भन्दा बढी लामो उनीहरुबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । जसलाई राजनीतिमा सक्रिय हुने भण्डारीको संकेतलाई ओलीले थप निम्ता दिएको विश्लेषणसमेत हुन थालेको छ ।
संयोग नै मान्नुपर्छ, जुन दिन भण्डारीसँग ओलीको भेट भयो सोही दिन अर्थात् बिहीबार नै पुन माओवादीको बैठकमा नै देखिए । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा माओवादी नेताहरूको हैसियतमा पुन देखिएसँगै उनी राजनीतिमा सक्रिय हुने मार्ग तय गरिसकेका छन् ।
यता पूर्व राष्ट्रपति भण्डारी भने यसअघि नै एमालेका विभिन्न कार्यक्रममा सक्रिय भएकी छिन् । त्यसो त गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा भने राजनीति भन्दा बाहिर रहेका छन् । दोस्रो राष्ट्रपति र उपराष्ट्रपति भण्डारी र पुन भने आफूलाई राजनीतिमा सक्रिय बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया