जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
448
Shares

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-७ लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?