काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त भएका आठ बोर्ड सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।
खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गरे । यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया