क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । यस्तै नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्न जातजाति, जनसंख्या, लिंग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ ।

शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । कांग्रेसमा महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?