काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रूपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले अवस्थामा परिवर्तन भएको तर पर्याप्त नभएकाले अरू बढी प्रगति गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालमा महिलाहरूले रोजगारी गर्ने मात्रै नभई आफैँ रोजगारी सिर्जना गरी रोजगारको अवसर प्रदान गरिरहेको बताए ।
उनले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरूले गरेका कामबीच प्रतिस्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया