बीमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बीमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्  ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बीमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताएका हुन्। ‘बीमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सरकार लागेको छ, ‘उनले भने । सरकारले बीमाको रकम  एक लाखबाट बढाएर पाँच लाख पुर्‍याएको उनको भनाइ थियो ।

 स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउँदै सबै नागरिकको पहुँच पुग्नेगरी स्वास्थ्यसेवा प्रदान गर्न सुझाव दिए ।  स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सलाई स्वदेशमै बस्ने वातावरण निर्माणमा नेपालका स्वास्थ्य संस्थाहरू लाग्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उनले अस्पतालभित्र कार्यरत चिकित्सक तथा नर्समाथि हिंसा गर्नेलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले कार्यक्षेत्रमा ढुक्क भएर काम गर्न आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?