‘विकास निर्माणमा सहज हुने गरी काम गरिरहेका छौँ ’

लोकपथ
28
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकासका पूर्वाधार निर्माणमा आफ्नो मन्त्रालयले सहजीकरण र सरलीकरण हुने गरी काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले विकास निर्माणलाई सहज हुने गरी वनसम्बन्धी कानुन संशोधन गर्न लागिएको जानकारी गराए । मन्त्री शाहीले भने, ‘विकास आयोजनामा देखिएका कानुनी अल्झन समयमै समाधान गरेर अघि बढ्न कानुनमा समसामयिक संशोधन गर्न लागेका छौँ । यस समिति बैठकमा सांसदहरूले उठाउनुभएका सुझावलाई मनन गरेर अघि बढ्न मन्त्रालय प्रतिबद्ध छ ।’

उनले नेपालमा जलवायु परिवर्तनले परेका असर, यस सम्बन्धमा नेपालबाट भएका प्रयास र अन्तर्राष्ट्रियस्तरका मञ्चमा नेपालको सहभागिता, आगामी दिनमा वन, वातावरण तथा जलवायु परिवर्तन क्षेत्रमा गर्नुपर्ने कामलगायत सांसद र विज्ञहरूका सुझावका लागि आभार व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?