यामाहाद्वारा इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिताको आयोजना

लोकपथ
63
Shares

काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट  आयोजना गरेको छ।  बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिस्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण गरेका थिए। प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरू मध्ये बिजेता, पहिलो रनर-अप, दोस्रो रनर-अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस अवसरमा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर अप र दोस्रो रनर-अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।  सबै सहभागीहरूले आ-आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए।

यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र बाँकी क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?