काठमाडौं । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । उनले पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरू समयमै सम्पन्न गर्न नसकिएको बताए ।
उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । देशभरका होटेलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया