ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

लोकपथ
21
Shares

काठमाडौं । उर्जा क्षेत्रका विज्ञहरूले उर्जामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले निजी क्षेत्रलाई सहुलियत दरमा ऋण दिनुपर्ने मागसमेत विज्ञहरूले गरेका छन् । 

आज आयोजित साक्षात्कारमा उनीहरूले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेमा मात्रै काम गर्न सकिने जनाए । उक्त काममा सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । 

उर्जा विज्ञ कृष्णप्रसाद भण्डारीले २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य दूरगामी र महत्वकांक्षी रहेको टिप्पणी गरे । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने  लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्य योजना स्वीकृत गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?