निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यक : निजी क्षेत्र

लोकपथ
42
Shares

काठमाडौं । निजी क्षेत्र चलायमान हुने गरी नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।  शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका दुई छाता संगठनका नेतृत्वले यस्तो बताएका हुन् । 

उनीहरूले सरकारले बनाउने नीतिहरू निजी क्षेत्र चलायमान बनाउने हुनु पर्नेमा जोड दिए । निजी क्षेत्रले समग्र मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताए । 

उनीहरूले मुलुकको अर्थतन्त्रका वाह्य सूचक तथा बैंकिङ प्रणालीमा ७ खर्ब रकमको तरलता हुँदा पनि मुलुक आर्थिक मन्दी देखिनु राम्रो संकेत नभएको बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बैंकहरुमा ७ खर्ब बढी लगानी योग्य रकम एकल अंकमा ब्याजदर हुँदा पनि  आर्थिक मन्दी हुनु आफैँमा गम्भीर विश्लेषण गर्नुपर्ने बेला आएको बताए । 

उनले विगतको बोझबाट उन्मुक्ति नभएसम्म निजी क्षेत्र लगानी गर्न उत्साहित हुने अवस्था नभएको बताए । उनले निजी क्षेत्रको रिक्स वेरिङ क्षमता अत्यन्तै न्युन हुँदै गएको उल्लेख गरे । 

 बैंकिङ क्षेत्रको मुहान नै निजी क्षेत्र भएको भन्दै उद्योगी व्यवसायीहरूबाट आर्जित ब्याजले मात्रै बैंकिङ क्षेत्र चलायमान हुने उनले दाबी गरे । 

अग्रवालले बैंकहरुको मुहान निजी क्षेत्र क्षतिग्रस्त भएकाले नीतिगत कडाई भन्दा पनि राज्यले निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको अहिलेकै अवस्था रहेमा बैंक तथा वित्तीय संस्थामा समेत आगामी दिनमा ठूलो समस्या आउने देखिएको जानकारी दिए । उनले निजी क्षेत्र चलायमान हुने खालका नीतिगत सुधार आवश्यक रहेको भन्दै चालु पुँजी कर्जालाई पूर्ण रूपमा खारेज गरिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?