स्थापनाको चार वर्षपछि गण्डकी प्राविधिक शिक्षालयको भवन बन्दै

लोकपथ
35
Shares

कास्की । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ । 

गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ ) स्थापना गर्ने निर्णय गरेको थियो । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा बन्ने प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरे सँगै जिटिइभिटिइ आफ्नै भवनबाट सञ्चालनमा आउने भएको हो । 

शिक्षालयको पूर्वाधारका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)सँग सम्झौता भए लगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङबीच सम्झौता भएको हो । परियोजना अन्तर्गत कोइकाले करिब नौ मिलियन अमेरिकी डलर (करिब सवा अर्ब रुपैयाँ)को सहायता अनुदान उपलब्ध गराउने छ । 

सोही सम्झौतापछि गुर्धुममा ‘नमुना प्राविधिक संरचना’ बनाउने कामको थालनी भएको हो । उक्त कामको शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले पाण्डेले प्राविधिक शिक्षा आजको मूल आवश्यक भएको बताए । प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उनले सुनाए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?